Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:४५ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरे

प्रकाशित मिति: २०७८ वैशाख ७, मंगलबार

582
Shares

काठमाडौँ, ७ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन् ।

मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।

उक्त रमझम थियो, प्रधानमन्त्री ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरणका लागि । मूर्तिलाई प्रधानमन्त्री ओली तथा धर्मपत्नी राधिका शाक्यले मन्त्री भानुभक्त ढकाल,शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थितिमा बाजागाजासहित पूजा अर्चना गरेर हस्तान्तरण गरेका थिए । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍यालीमा सय जना भन्दा बढी सहभागी थिए ।

तर, प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना सङ्क्रमण बढेसँगै जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको थियो । जसमा मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने पनि मापदण्ड तय भएको थियो ।

सो मापदण्ड सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उल्लंघन गर्नेहरुलाई कानूनी कारवाही गरिने चेतावनीसमेत दिएका थिए । तर, त्यसको भोलिपल्ट नै प्रधानमन्त्री ओलीले मापदण्डको ठाडो उल्लंघन गरेका छन् । योसँगै प्रधानमन्त्री ओलीलाई कारबाही हुन्छ की हुँदैन भन्ने सर्वसाधारणको चासो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -