Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:१० बिहान
- ADVERTISEMENT -

सात समाचार अनलाइन (न्युज पोर्टल) ले सार्वजनिक रूपमा क्षमा मागे

प्रकाशित मिति: २०७८ वैशाख ५, आइतबार

582
Shares

काठमाडौँ, ५ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबिच भएको गोप्य सहमति भन्दै समाचार प्रकाशित गर्ने विभिन्न सात समाचार अनलाइन (न्युज पोर्टल) ले सार्वजनिक रूपमा क्षमा मागेका छन् । प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण सोधेपछि उज्यालो नेटवर्क, समाचार दैनिक, नेपाली गाथा, पर्दाफास, पिएलए खबर, कान्तिपथ र सुदर्शनखबर डटकमले प्रेस काउन्सिल नेपालमै आएर क्षमा मागेका हुन् ।

ती अनलाइनले भुलसुधार गरी, आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै स्पष्टीकरण पेस गरेको काउन्सिलका सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । ‘अनअफिसियल ट्रान्सलेसन’ डकुमेन्टलाई आधार बनाई ‘प्रधानमन्त्री के.पी. ओली र रअबीच भएको सहमति…’ भनी उल्लेखित अनलाइनले समाचार प्रकाशित गरेका थिए ।

यसैबिच काउन्सिलले यसरी बिनाप्रमाण, पत्रकार आचारसंहिताको उलङ्घन गरी समाचार प्रकाशन गर्ने ७ वटै न्युज पोर्टलका सञ्चालक÷सम्पादकलाई छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने भएको छ ।

आगामी दिनमा ती समाचार अनलाइनमा प्रकाशित समाचारमा विशेष निगरानी राख्ने र अभिमुखीकरणमा सहभागी गराउने काउन्सिलको विज्ञप्तिमा उल्लेख छ । ‘प्रेस काउन्सिल नेपालले अब उप्रान्त पनि ती न्युज पोर्टलबाट सम्प्रेषण हुने सामग्रीको विशेष अनुगमन गर्ने छ’ सूचना अधिकारी बोहराद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा ७ वटै न्युज पोर्टलका सञ्चालक÷सम्पादकलाई छिट्टै नै पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने छ ।’

काउन्सिलले प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीबाट सम्पादकको घर तथा सञ्चारमाध्यम कार्यालय खानतलासी गरी धम्की दिएको तथा सो सम्बन्धमा पत्रकारसम्बन्ध विभिन्न सङ्घ/संस्थाबाट विज्ञप्ति जारी भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारमाध्यमबाट सम्पे्रषित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा त्यसको निरुपण गर्ने निकाय प्रेस काउन्सिल नेपाल नै भएको भन्दै काउन्सिलले आचारसंहिता प्रतिकूलका यस्ता समाचार सामग्रीको अध्ययन, अनुसन्धान गर्नुका साथै पत्रकार आचारसंहिताको परिधिभित्र रही कारबाही गर्ने गरेको प्रष्ट पारेको छ ।

‘कहीँकतैबाट प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिनु संविधान, कानुन विपरीत हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन प्रेस काउन्सिल नेपाल सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र एवं मर्यादित पत्रकारिताकर्म गर्न र राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावजस्ता विषयहरूमा कलम चलाउँदा थप संवेदनशील भई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न विभिन्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी एवं सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -