काठमाडौँ, ३० चैत्र २०७७ । प्रधानमन्त्री कृषि आधुनिकीकरण र कृषि तथा बन बिज्ञान बिश्वबिधालयद्वारा संचालित कृषि स्नातक तह इन्टर्न कार्यक्रम २०७७/७८ को पनि सकिने बेला भइसकेको छ तर विडम्बना यो रह्यो कि बिश्वबिधालयमा बिद्यार्थीको लागि सम्बन्धित क्षेत्रमा जादा आउँदा दिइने खर्च ,दैनिकी खर्च,अनुसन्धान खर्च गरेर करिब १९८ जना बिद्यार्थीको लागि PMAMP बाट अघिल्लो आर्थिक बर्षको कार्यक्रम लाई छुट्टाएको रकम आयता पनि बिद्यार्थीको सामु करिब कार्यक्रम समाप्त भएको छ ।
महिना बिति सक्दा पनि उक्त रकम पाउन सकेका छैनन । कहिले कुन बाहना ,कहिले कुन बाहना गर्दै बिद्यार्थीलाई झुलाइरहेको बिश्वबिधालय कतै बिद्यार्थीको पैसा अन्त लगानी गरेर काम गर्दै त छैन कि भन्ने कुरामा धेरै बिद्यार्थीको आसंका जागेको छ ।
बिद्यार्थी कै हकहितमा, शैक्षिक सुधार, प्रतिभा प्रष्फुटन, प्रयोगात्मक अध्ययन जस्ता सिद्धान्त लियर हिडेको बिश्वबिद्धालय सधै बन्द झैझगडा र बिद्यार्थीको भबिस्य माथी खेलबाड आइरहेको छ । हामी सबैलाई अबगत नै भएको कुरा हो बिद्यार्थी जिवनमा सानो सानो रकमको ज्यादै महत्त्व हुन्छ । एकजना बिद्यार्थीको भागमा करिब ३० देखि ५० हजार सम्म खर्च बुझ्न बाकी रहेको छ ।
निरन्तर कुरा उठाइराख्दा प्रशासन बन्द, यताउता गर्दै अल्मलाइरहेको अवस्था लाई पैसा खर्चको लिस्ट सम्म निकाल्न बाध्य भयो । तर पदाधिकारीहरु बिचको तालमेल, पदिय भागबन्डाले गर्दा प्रत्यक्ष बिद्यार्थी त्यसको भागेदार बनेका छौ ।
प्रत्यक सेमेस्टरमा उत्कृष्ट केही बिद्यार्थी लाई छात्रवृत्ति दिने नियम रहेको बिश्वबिधालयमा पाचौं सेमेस्टर पछि कुनै रकम पाउन नसकेको कुरा बिद्यार्थीहरु जानकारी गराउदछन । उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सोध्दा अघिल्लो पटक नै बजेट पूरा पठायको कुरा गर्ने अनि बिश्वबिधालय हामिलाइ झुलाउने कुराले बिद्यार्थी प्रत्यक्ष उद्दाशी बनेका छन ।
झन लकडाउनको त्यस्तो अबस्थामा पनि धेरै बिद्यार्थी ट्याक्सी रिजर्भ गरि गरि सम्बन्धित क्षेत्रमा गएर अनुसन्धानमा निरन्तर काम गरेका थिए ।पुर्ण लागत खर्च नदिए पनि मापदण्डले तोके अनुसारको न्युनतम रकम नदिदा र बाहना बनाउदा बिश्वबिद्धालय का पदाधिकारी र जिम्मेवारी ब्यक्ति प्रति आर्थिक क्षेत्रमा हुने अपारदर्शी पन झल्कियको छ ।
बिद्यार्थीहरु भन्छन, हामिले धेरै पटक भन्दा पनि ब्यवस्था गरि हामी प्रती नै आरोप लगायको कुरा जनाउदछन । सम्पुर्ण बिद्यार्थी को खर्च करिब ५० लाख भन्दा माथी रहेको हुदा बिद्यार्थीहरुले पदाधिकारी प्रति आसंका गर्ने बाटो धेरै बनेको छ ।









































