काठमाडौं, २३ चैत २०७७ । मन्त्री ऐश्वर्यलालको निधनले प्रमुख सचेतक खाणद्वारा दु:ख व्यक्त गर्नु भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति, पूर्व वाणिज्य तथा आपूर्ति राज्य मन्त्री एवं पूर्व राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानाङ्गको गत चैत्र ९६ वर्षको उमेरमा भएको निधनले हामीलाई मर्माहत तुल्याएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले
नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका अग्रज नेता प्रधानाङ्गले २०१७ सालमा प्रजातन्त्रको अपदस्थ पश्चात् नेपाली कांग्रेसले संचालन गरेकोे संघर्षको क्रममा पक्राउ परी करीब १ वर्ष जेल जीवन व्यतित गर्नु भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

वि.स. २०४८ सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनु भएका स्व. प्रधानाङ्ग उक्त कार्यकालमा राष्ट्रिय सभाको उपाध्यक्ष समेत हुनु भएको थियो । राजनीतिमा मात्र नभएर शैक्षिक एवं सामाजिक क्षेत्रमा पनि क्रियाशिल स्व. प्रधानाङ्ग लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएको थियो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।

नेता प्रधानाङ्गको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्