काठमाडौं, २३ चैत्र २०७७ । सरकारले फेरि कोरोना संक्रमण बढ्ने आंकलन गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्।

‘आज सोमबारसम्म विगत २४ घण्टामा ४ हजार ५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६७ जना संक्रमित फेला परेका छन्।’ उनले भने, ‘यसले के संकेत गर्छ भने हामीकहाँ विस्तारै कोरोना संक्रमण हुने क्रम फेरि बढ्दैछ, अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको त्रिपाठीले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्