काठमाडौँ, २३ चैत्र २०७७ । बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना कार्य रोकिएको छ । दिनप्रतिदिन गैँडा गणनामा खटिएका कर्मचारीमाथि बाघ र जङ्गली हात्तीको आक्रमण बढेपछि निकुञ्जले सोमबारको लागि गणना कार्य रोकेको हो ।

आइतबार गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा माहुतेको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हनेमा झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत ३१ वर्षीय माहुते पुलिसराम चौधरी रहेका छन् । उनको आइतबार राति शव फेला परेको थियो ।

चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा १८ गतेदेखि गणना सुरु भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार अब थप सजगता बढाएर गणना सुरु गरिनेछ । आइतबार भएको घटनापछि थप सावधानीका उपयहरुबारे आज छलफल हुने उनको भनाई छ । ‘जंगलको काम चुनौतिपूर्ण नै हुन्छ’ उनले भने, ‘बर्दियामा आइतबार भएको घटनापछि थप सावधानीका उपयाहरुबारे आज छलफल हुन्छ र थप सजगतासहित गणना थालिन्छ।’ पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन्।

यसअघि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले लखेट्दा हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए । त्यसमा गम्भिर घाइते भएका ३५ वर्षीय विनोद श्रेष्ठको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्