काठमाडौं, सोमबार, २३ चैत्र २०७७ । भारतमा आएका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिमका तीन जिल्लाका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भेटिएको हो ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो ।

संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका बासिन्दा हुन् । एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो । उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं ल्याइएको थियो ।

अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन् । गौरीफन्टा हुँदै स्वदेश फर्केका सबैको भने कोरोना परीक्षण गरिएको छैन । नाकामा राखिएको हेल्थ डेस्कमा केहीको मात्रै एन्टिजेन र स्वाब परीक्षण गर्ने गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्