Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:०८:४३ बेलुका
- ADVERTISEMENT -

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय

प्रकाशित मिति: २०७७ चैत २३, सोमबार

438
Shares

भक्तपुर, सोमबार, २३ चैत्र २०७७ । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय गरिएको छ । जसअनुसार बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले गत वर्ष जस्तै यस वर्ष पनि बिस्का जात्रा रोक्ने निर्णय गरेको हो । गत वर्ष पनि बिस्का जात्राका सम्पूर्ण विधि विधानलाई रोकेर औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।

जसले गर्दा कोरोना भाइरस संक्रमणकै कारण भक्तपुरको बिस्का जात्रा लगातार दुई वर्ष रोकिने भएको हो ।

बैठकले बिस्का जात्रामा हजारौं भक्तजनको सहभागिता हुने र यसले कोभिड १९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्का जात्रा रोक्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भारतमा कोभिड १९ संक्रमण दर बढेकाले त्यसबाट नेपालमा पनि जोखिम बढ्ने भएकाले जात्रा रोक्न बाध्य भएको बताए ।

अहिले कोभिड १९ को दोस्रो लहरअन्तर्गत कोरोना भाइरसको नयाँ शक्तिशाली प्रजाति आएकाले त्यसबाट जोगिन जात्रा रोक्ने निर्णयमा पुगेको स्पष्ट पारे ।

डीसीसीएमसीको निर्णयानुसार बिस्का जात्राअन्तर्गत हुने खट जात्रासमेत गर्न पाइने छैन । जसअनुसार यस वर्ष प िनगत वर्ष जस्तै बिस्का जात्रा औपचारिकतामा मात्रै सीमित गरिने प्रजिअ भट्टराईले जानकारी दिए ।

भक्तपुरमा यस वर्ष यहीं चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदै थियो । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यी दुई रथमा छानामात्रै राख्न बाँकी छन् ।

यसअघि भक्तपुर प्रशासनले बैकल्पिक उपाय अपनाएर भए पनि बिस्का जात्रा सञ्चालन गर्ने जनाएको थियो । जसअनुसार गुठी संस्थान भक्तपुर कार्यालयले भैरवनाथ तथा भद्रकालीको रथ निर्माणलाई तीव्रता दिएको थियो।

बैठकले बिस्का जात्रासँगै भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न नगराउनसमेत अनुरोध गरेको छ ।

कोभिड १९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत बैठकले निर्णय गरेको छ । अन्नपुर्ण

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -