काठमाडौं, सोमबार, २३ चैत्र २०७७ । सरकारले चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ चैत २५ गतेदेखि लगाउने निर्णय गरेको छ ।
चीन सरकारले केही हप्ता पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।
सो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








































