काठमाडौं, २२ चैत्र २०७७ । म्यानमारमा भएको दमन विरुद्धमा न्यायका लागि मानव अधिकारद्वारा अपिल गरेको छ ।

न्यायका लागि मानव अधिकारद्वारा म्यानमारमा भएको दमन विरुद्धमा जारी अपिल पत्र जारी गर्दै संयुक्त राष्ट्र संघको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत वर्मा पक्ष भएका विभिन्न मानवअधिकार सन्धिहरु एवं अन्य अन्तराष्ट्रिय कानूनहरुले संरक्षित गरेको आफ्नो शासन व्यवस्था आफैले चयन गरि शासित हुने “आत्म निर्णयको अधिकार” को प्रयोग गरि सन् २०२० मा भएको निर्वाचनमा म्यानमारका जनताले नेशनल लिग फर डेमोक्रेसीलाई करिव दुईतिहाई मत दिई सरकार गठनमा ईच्छा जाहेर गरेकोमा उक्त जनमतको अवमुल्यन हुने गरि निर्वाचितवाट छानिएको प्रजातान्त्रिक सरकारलाई विस्तापित गरिे सेनाले म्यानमारको राजकिय सत्ता आफ्नो हातमा लिने कदम र लोकतन्त्र र लोकतान्त्रिक सरकारको पूनर्वाहाली गर्न विश्वव्यापी मानवअधिकारको रुपमा रहेको शान्तिपूर्वक भेला एवं प्रर्दशनमा ओर्लिएका निहत्था सर्वधासाधारण नागरिकहरु माथी भएको गोली प्रहार, कुटपिट, धरपकट, यातना, दूव्र्यवहार लगायतका कायरतापूर्ण बर्बर कार्यको यस संजाल जोडदार रुपले भत्सना गरेको अपिल पत्रमा उल्लेख गरेको छ ।

यस संजाल त्यस्ता किसिमका बर्बरतापूर्ण अमानविय मानवअधिकार उल्लंघनका घटनाका दोषीहरुलाई कारवाही गरी म्यानमारका जनताको लोकतन्त्र प्राप्तिको लडाईमा दरिलोसंग सहयोग र समर्थन गर्न अन्तराष्ट्रिय समुदाय, नेपाल सरकार, नेपालका राजनैतिक दलहरु, पेशागत संघसंगठनहरु एवं न्यायप्रेमी जनसमुदाय समक्ष जोडदार अपिल गरेको छ ।

कुनै पनि वर्वरतापूर्ण दमनकारी कार्यले सत्ताको आयु लामो नहुने नेपाल तथा विश्वका अन्य मुलुकको अनुभववाट पाठ लिंदै म्यानमारको शासन सत्ता जनअभिमत प्राप्त राजनैतिक दललाई अबिलम्व फिर्ता गरि म्यानमारका जनताको लोकतन्त्र प्राप्तिको पबित्र गन्तव्य साकार पार्न म्यानमारको सैनिक सत्तासंग जोडदार माग गर्दछ ।

यस संजाल म्यानमारका जनताको लोकतन्त्र, मानवअधिकार र न्याय प्राप्तिको सवै किसिमहरुका प्रयत्नमा आफ्नो एैक्यवद्धता व्यक्त गर्न चाहन्छ र नेपालका राजनैतिक दलहरु, पेशागत संघसंगठनहरु एवं न्यायप्रेमी जनसमुदाय लगायत सवैलाई आफ्नो एैक्यवद्धता प्रर्दशन गर्न हार्दीक अपिल गर्दछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्