Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५१:४८ बिहान
- ADVERTISEMENT -

रथ निर्माणमा जुटे स्थानीय

प्रकाशित मिति: २०७७ चैत २१, शनिबार

600
Shares

भक्तपुर, शनिबार, २१ चैत्र २०७७ । ऐतिहासिक तथा सांस्कृतिक महìव बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् । अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माण भइरहेको छ ।

यो रथ ३५ फिट अग्लो तीन तले प्यागोडा शैलीमा निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो । रथमा १० फिट अग्ला चारवटा पाङ्ग्रा हुनेछन् ।

नाइके शिल्पकारले भन्नुभयो, “यस वर्ष पाङ्ग्रा, गल, पोल्ह (छाना) र बाहिर देखिने अधिकांश सामान सबै नयाँ छन् ।’ चैत २८ गते सुरु हुने जात्राका लागि अहिले तयार गर्नुपर्ने बताउँदै उहाँले भैरवको बाहिरी ढाँचा तयार भइसकेको जानकारी दिनुभयो ।

परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग नहुने रथ निर्माणमा सहयोग गरिरहनुभएका मोहित ख्वाखःले बताउनुभयो । नाइके शिल्पकारले किलालगायतका आधुनिक सामग्री प्रयोग गरिए रथ बलियो नहुने दाबी गर्नुभयो ।

भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिरबाट तानिन्छ । रथलाई आ–आफ्नो टोलतिर लैजान प्रतिस्पर्धा हुने भएकाले रथ बलियो हुनुपर्छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ र चार दिन पछिसम्म चल्छ ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख आनन्द कर्माचार्यले भन्नुभयो, “यो जात्रा नयाँ वर्षको चार दिनअघि र चार दिनपछि गरेर नौ दिन आठ रात मनाउने प्रचलन छ ।” जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो ।

यो वर्ष भैरवनाथको रथ चैत २८ गते तानिने भएको छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे र सिन्धुपाल्चोकदेखि मानिस भक्तपुर आइपुग्छन् । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -