- ADVERTISEMENT -

शुक्रबार नेपालमा १७९ जना कोरोना संक्रमित थपिए

April 2, 2021
389
Shares
- ADVERTISEMENT -

काठमाडौं, २० चैत्र २०७७ । शुक्रबार नेपालमा १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाकाबाट हालसम्म ३ हजार ३१ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -