काठमाडौं, १८ चैत्र २०७७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले देशको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
उनले उक्त भनाइप्रति सरकारको जवाफ मागसमेत गरेका छन् ।
‘सम्माननीय सभामुखज्यू, हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीजीले केही दिन अगाडि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै बेला भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ ।
यसमा सत्यता कति छ, यथार्थ हो के ? संसद चलिरहँदा पनि आजसम्म यस संसदभित्र नदेखिनु उहाँमाथि सुरक्षा खतरा हो या नैतिक खतरा महसूस गर्नुभएको छ ?’ उनले भने, ‘सुरक्षा खतरा छैन भने आफ्नै देशको सुरक्षा क्षमतामाथि प्रश्न किन ? गैरजिम्मेवार र बनाबटी अभिव्यक्तिबारे प्रधानमन्त्री, गृहमन्त्री या सरकारका प्रवक्ताबाट अविलम्ब संसदमा स्पष्टीकरण दिनुपर्छ ।’








































