काठमाडौँ, बुधबार, १८ चैत्र २०७७ । नेपाल राष्ट्र बैङ्कले ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिएपछि विभिन्न बैङ्कहरूले धमाधम ई–कार्ड सञ्चालनमा ल्याउन थालेका छन् ।

सन्राइज बैङ्कले डिजिटल बैङ्किङअन्तर्गत सन्राइज ई–कार्ड सञ्चालनमा ल्याएको जनाएकोे छ । त्यस्तै एनआईसी एसिया बैङ्कले पनि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नबिल बैङ्कले यो सेवा सञ्चालनमा ल्याइसकेको छ । डलर कार्ड जारी गर्ने क्रममा ग्लोबल आईएमई बैङ्कले ‘ग्लोबल इकम डलर कार्ड’ नाम दिएर डलर कार्ड जारी गरेको छ ।

माछापुच्छ«े बैङ्कले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर पाँच बराबरको कार्ड प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले पनि ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेसनल कार्ड’ नाम दिएर सेवा सुरु गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलर बराबरको नेपाली मुद्रामा परिवर्तन गर्न सक्ने जनाएको छ ।
पाँच सय अमेरिकी डलर एक वर्षका लागि भएको भन्दै बैङ्कले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुट सुविधा पनि ल्याएको छ ।

एनएमबीले बैङ्कले पनि प्रिपेड कार्ड ल्याएको छ । हिमालयन बैङ्कले पनि अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ । सिद्धार्थ बैङ्कले सिद्धार्थ इकम कार्ड सञ्चालनमा ल्याएको छ । राष्ट्र बैङ्कले उपलब्ध गराएको यो सुुविधाअन्तर्गत बैङ्कमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी पाँच सय अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने नेपाल राष्ट्र बैङ्कको परिपत्रमा उल्लेख छ ।

ई–कार्डमार्फत भारत र भुटानबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ । यस कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी उक्त मात्राको कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्