काठमाडौँ, मंगलबार, १७ चैत्र २०७७ | गंगामायाको जिवन रक्षाको लागी अपिल गरेका छन | बि स २०६१ जेष्ठ २४ गते तत्कालिन विद्रोहीको आवरणमा आफ्नो कान्छो छोरा वर्ष १६ को कृष्ण प्रसाद अधिकारीको हत्या भएको र हत्यामा संलग्नहरुलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दै आउनुभएकी सत्याग्रही गंगामाया अधिकारी न्याय प्राप्तिको लागी १२ औं पटक २०७७÷०९÷०६ गते देखी आमरण अनसनमा बस्नुभएको आज एकसय (१००) दिन पुगेको छ ।

यस अवधीमा गंगामायको न्यायको माग र जिवन रक्षा प्रति राज्य तथा सरोकारवाला निकायहरु पूर्ण उदासिन रहेको र गंगामायाको स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएको प्रति यस संजालको गम्भिर ध्यानआकर्षण भएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै १० बर्षे द्धन्दको समयमा राज्य र विद्रोहीको आवरणमा आफ्ना ब्यक्त्तिगत अभिष्ट पुरा गर्न हत्या हिंसा मच्चाउने तथा द्धन्दको क्रममा गंभिर मानव अधिकार उलंघन कर्ताहरुलाई द्धन्द समाप्त्त भई शान्ति सम्झौता भएको १५(पन्ध्र) बर्ष पुगिसक्दा समेत सत्ता र शक्त्तिको आडमा उन्मुक्ति दिने कार्य भइरहेको सवैमा स्मरण गराएका छन् |

गंगामाया अधिकारीको पति नन्द प्रसाद अधिकारी अनसनको ३३४ औं दिनमा २०७१ असोज ६ मा मृत्युवरण गरेको र निजको लाश शिक्षण अस्पताल महाराजगंजको वाकस नं. ४ मा छ । एउटा सामान्य नागरिकले प्रचलित कानून बमोजिम दोषि उपर कार्रवाहीको माग राख्दा जिवनै समाप्त्त हुँदा र हुन लाग्दा समेत राज्य तथा सम्बन्धीत सरोकारवाला निकाय, समुदाय र समाज वाट उपेक्षीत हुँदै जिवन समाप्त्त हुनुपर्ने अवस्था आउनु मानवीयताको कसीवाट हेर्दा अत्यन्तै दुखद अवस्था भएपनि गंगामायाको १०० दिनको अनसन र कुनैपनि समयमा जिवनै समाप्त्त हुनसक्ने अवस्थाले नेपालमा गंभिर मानव अधिकारको उलंघन हुने गरेको तथा मानविय संवेदनशिलता हराउँदै गएको प्रष्ट छ ।

अनसनको क्रममा गंगामायाको जिवन रक्षा गर्न नसकी मृत्यू हुन पुगेमा उक्त्त अवस्थामा देश र अन्य सरोकारवालामा कलंकको टिका लाग्ने र नेपाल मानव अधिकारको सम्मान नगर्ने तथा मानविय कानूनको उलंघन गर्ने राष्ट्रमा दर्ता हुने भएकाले गंगामायाको जिवन रक्षा तथा न्यायको लागी ​​​​​​​​​​संयोजक ईन्द्र प्रसाद अर्यालले नेपाल सरकार तथा सरोकारवाला सम्बन्धीत सवैमा अपिल गरेका छन् |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्