काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । चैत्र १५ गते आइतबार फागुपूर्णिमाका दिन बाग्लुङ्ग र प्यूठान जिल्लाको सिमानामा पर्ने बडीगाड गा.पा. वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर रहेको बताउनु भएको हो । तसर्थ उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गर्दछ । साथै ज्यान गुमाउने प्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।









































