काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका बेला सरकारले हिउँदे अधिवेशन स्थगित गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री ओलीले अहिलेको अधिवेशन स्थगित गरी बैशाखमा बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन अबको केही दिनमा फिर्ता लिने बताइरहँदा ओलीले चालु अधिवेशन स्थगित गरेर बजेट अधिवेशनको तयारी गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्