Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३४:४१ बिहान
- ADVERTISEMENT -

कोरोना सङ्क्रमणको दोस्रो लहर : कोरोना बढ्ने त्रास

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

588
Shares

काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिनुभयो । डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिनुभयो । उहाँले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराउनुभयो ।

डा. अधिकारीले भन्नुभयो, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा. अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराउनुभयो ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले होलीका नाममा भएको भीडभाडले सङ्क्रमण बढ्न सक्ने खतराका रूपमा देखापर्ने बताउनुभयो । डा. पुनले सुपर स्पे्रडर (धेरै व्यक्तिलाई सङ्क्रमित गराउन सक्ने व्यक्ति) उक्त होलीको कार्यक्रममा भएको भए त्यसले अन्य सयौँ व्यक्तिलाई कोरोना फैलाउन सक्ने सम्भावना रहेको जानकारी पनि दिनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित देखिनुमा सुपर स्प्रेडरको हात रहेको भन्दै भारतमा दोस्रो लहर आएको दाबी गर्नुभयो । नेपालमा अहिले नै दोस्रो लहर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै भोलिका दिनमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण बढ्दै जाँदा थप चिन्ता भएको भन्दै मानिसले कोरोना सङ्क्रमणलााई सामान्य रूपमा लिनु उचित नभएको बताउनुभयो ।

डा. गौतमले पछिल्लो समय शिक्षण संस्था सङ्क्रमणको हटस्पट बन्दै गएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश कलेजमा पढाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर गरी पठाइएका बिरामी रहेको जानकारी दिनुभयो । गौतमले ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्कको लगाउने, हात धुने तथा सामाजिक दूरी कायम गर्ने काम नभएकाले समस्या भएको बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -