काठमाडौँ, आइतबार, १५ चैत्र २०७७ । कतार विश्वकप २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले लाट्भियालाई २-०ले पराजित गरेको हो ।

खेलको ३२ औं मिनेटमा स्टेभेनले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा लुक डि जोङले गोल गर्दै नेदरल्यान्ड्सलाई २-०को जित दिलाए । यो नेदरल्यान्ड्सको पहिलो जित हो । जितसँगै समूह जीको नेदरल्यान्ड्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित लाट्भिया लगातार दोस्रो हार व्यहोर्दै पाँचौ स्थानमा छ ।

यस्तै, समूहकै अर्कौ खेलमा टर्कीले नर्वेलाई ३-०ले पराजित गरेको छ । पहिलो खेलमा नेदरल्यान्ड्सले टर्कीलाई पराजित गरेको थियो । शीर्षस्थानको टर्कीले २ खेलमा ६ अंक जोडेको छ । टर्कीले २ खेलमा ६ अंक जोडेको छ । अर्को खेलमा मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१ ले गरेको छ । मोन्टेनेग्रोको पनि समान ६ अंक नै रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्