Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:०७ बिहान
- ADVERTISEMENT -

सार्कमा बढ्दै कोरोना

प्रकाशित मिति: २०७७ चैत १४, शनिबार

641
Shares

काठमाडौँ, शनिबार, १४ चैत्र २०७७ । केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए ।

अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना गर्दागर्दै अहिले नौ जना कोरोनाका बिरामी आइपुगे ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भन्नुभयो, “अस्पताल पूरै सफा गरेर अन्य बिरामीका लागि खुला गर्नुप¥यो भनेर ठिक्क परेका थियौँ, कोभिडकै बिरामीको चाप फेरि बढ्न थाल्यो ।” पछिल्लो समयमा भर्ना भएका मध्ये बागलुङबाट काठमाडौँ आएका बिरामीमा कोरोना भेटिएपछि सङ्क्रमणको अर्को लहर आउन लागेको आशङ्का भएको डा. राजभण्डारीले बताउनुभयो ।

विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिनु स्वाभाविक थियो । तर मुुलुकभित्रैबाट आएका व्यक्तिमा पनि भेटिनुले सङ्क्रमणको जोखिम बढेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खोप लगाउने, नलगाउने, विदेशबाट आउने सबैले स्वास्थ्य मापदण्ड कायम गर्न पछिल्लो समय लापर्वाही गरेकाले नेपालमा फेरि सङ्क्रमण दोहोरिने सङ्केत देखिएको हो । उहाँले थप्नुभयो, “भारतका १८ वटा राज्यमा ‘डबल म्युटेसन’ कोरोना देखिइसकेको छ, युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ, यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ ।” युरोपेली मुलुकमा देखिएको तेस्रो लहर विगतको भन्दा जटिल देखिएको चिकित्सकको भनाइ छ । यसले ती देशमा मृत्युदर पनि बढाइरहेको छ । ती मुलुकबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा आवतजावत गर्ने यात्रुले तेस्रो लहरको कडा सङ्क्रमण ओसारिरहेको अनुमान उहाँले गर्नुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -