काठमाडौँ, शनिबार, १४ चैत्र २०७७ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो । बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ।

गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने स्रोतले बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्