काठमाडौं, शुक्रबार, १३ चैत्र २०७७ । भारतमा कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ फेला परेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १८ राज्यमा नयाँ ‘डबल म्यूटन्ट’ अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको हो । यसअघि यूके, दक्षिण अफ्रिका, ब्राजिलमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’हरू फेला परेका थिए ।
के हो डबल म्युटेन्ट भेरियन्ट ?
अन्य भाइरस जसरी कोरोना भाइरसको स्वरुपमा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा परिवर्तन आउनुलाई ‘डबल म्युटेन्ट भेरियन्ट’ भनिन्छ ।
भाइरसहरू उत्परिवर्तित हुनु सामान्य हुन्छ र अधिकांश उत्परिवर्तन चिन्ताको विषय हुँदैन तथा त्यसले संक्रमण फैलाउने दरमा परिवर्तन ल्याउने अथवा गम्भीर संक्रमण निम्त्याउने हुँदैन।
तर, यूके र दक्षिण अफ्रिकी भेरियन्ट अझ बढी सङ्क्रामक हुन सक्ने र कतिपय अवस्थामा घातक हुन सक्ने पनि देखिएको छ।
भारतमा देखिएको भाइरस पनि उहि किसिमको रहेको मन्त्रालयको दाबी छ । यस स्वरुपले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् संक्रामक हुन सक्ने सम्भावना रहेको भाइरोलोजिस्ट डा. शाहीद जमीलले बताए ।
यस स्वरुपले भाइरसको ‘स्पाइक प्रोटिन’ मा बदलाव ल्याउन सक्छ । स्पाइक प्रोटिनलाई भाइरसले मान्छेमा संक्रमित गर्न सेल भित्र प्रवेश गर्न प्रयोग गर्ने गर्दछ ।
त्यसैले यस्ता प्रकारका भाइरस सम्भावित रुपमा अरु भन्दा संक्रामक हुन सक्छन् र गम्भीर बिरामी पार्न सक्छन् या खोपले पनि यसमाथि काम नगर्न सक्छ ।
कोरोनाको हटस्पट महाराष्ट्रबाट संकलन गरिएको स्याम्पलमा गत डिसेम्बरको तुलनामा ‘इ४८४क्यु’ र ‘एल४५२आर’ म्युटेसनको मात्रा बढी रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि दक्षिण अफ्रिका र ब्राजिलमा छुट्टाछुट्टै फेला परेका परिमार्जित कोरोना भाइरस जस्तै छ, इ४८४क्यु र म्युटेसन इ४८४के । भाइरसको स्वरुप परिवर्तन हुँदै जाने हो भने अझै खतरानाक स्वरुप बन्नेछ । जुन खोपको नियन्त्रण बाहिर रहने भाइरोलोजिस्टहरु बताउँछन् ।
दुर्लभ किसिमको डबल म्युटेन्टु भेरियन्ट हो ?
लुसियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डाक्टर जेरेमी कमिलका अनुसार यो दुर्लभ किसिमको स्वरुप होइन् । उनी भन्छन्, ‘अहिले एकपटकमा एउटा भन्दा धेरै म्युटेसन देखिनु एकदमै सामान्य भइसकेको छ । महामारीको सुरुवातमा स्पाइक जिनहरुमा एउटा किसिमको म्युटेसन कताकती फेला परेको थियो तर अहिले त्यही किसिमको भाइरस सबैतिर व्याप्त भएको छ ।’
गत मार्चमा बेलायतबाट संकलन गरिएको स्याम्पलमा ४३ भाइरसमा अहिले भारतमा भेटिएको दुईवटै म्युटेसन रहेको कमिलको भनाई छ ।
नयाँ भेरिएन्ट कति खतरनाक ?
नयाँ स्वरुपको भाइरस कत्तिको खतरनाक हुन सक्छ ? यस प्रश्नको जवाफमा भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) का पूर्व वैज्ञानिक डा. रमन गंगाखेडकरले भन्छन्, ‘यहाँ यस्तो किसिमको उत्परिवर्तन भैरहेको छ, अहिले जति व्यक्तिमा फैलिएको छ त्यो राम्रो हो, नियन्त्रण गर्न सकेको खण्डमा । यदि यो अझै फैलियो भने स्थिति भयावह हुने निश्चित छ ।’
उनले थपे, ‘यदि यो फैलिएन भने एउटा संस्करण अर्कोसँग सम्बन्धित हुँदैन र हामी खतराबाट बच्नेछौं, त्यसैले महत्त्वपूर्ण छ कि मानिसहरूले कोभिड-१९ का दिशानिर्देशहरू ठीकसँग पालना गर्नु आवश्यक छ। यो एक मात्र समाधान हो।’
वैज्ञानिकहरुका अनुसार स्पाइक जिनमा परिवर्तन आउनुले हाम्रो सेल संक्रमण गर्ने भाइरसको क्षमतामा सुधार ल्याउँछ या एन्टिबडिजलाई निर्मुल पारेर भाइरसलाई बचाउन सक्छ । यसको अर्थ भाइरस सहि तरिकाले म्युटेट भएमा यसले कोभिड–१९ बाट ठीक भइसकेकालाई पुनः संक्रमित गराउन पनि सक्छ ।
यदि भाइरसले पुनःसंक्रमण मार्फत कोरोना फेरि फैलाउँछ भने यसले ‘हर्ड इम्युनिटी’ सिर्जना गर्नेछ । हर्ड इम्युनिटी भनेको समुदायको ठूलो हिस्सा खोप या रोगको व्यापक फैलावटका कारण भाइरसबाट असर विहिन वा इम्युन हुनु हो । यसले संवेदनशील वर्गमा गम्भीर बिरामी पर्ने जोखिम बढाउँछ किनकी भाइरस इम्युन समुह हुँदै उनीहरुसम्म पुग्न सक्छ ।
-विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट








































