एजेन्सी, शुक्रबार, १३ चैत २०७७ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत युरोपियन छनोटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले समान एक-एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।

सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए । दोस्रो हाफको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्