Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:१८:०७ दिउँसो
- ADVERTISEMENT -

पोखरामा आरडब्लु रेस्लिङ च्याम्पियनसिप आयोजना हुँदै

प्रकाशित मिति: २०७७ चैत १२, बिहीबार

629
Shares

पोखरा, बिहिबार, १२ चैत्र २०७७ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आरडब्लु च्याम्पियनसिप पर्यटकीय नगरी पोखरामा हुने भएको छ । च्याम्पियनसिप रेस्लिङ पोखरा रंगशालाको कभर्डहलमा चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् ।

प्रतियोगितामा नेपालका ३५ जना रेसलरको सहभागिता रहने छ । च्याम्पियन रेसलरले नगद १ लाख र आर्कषक बेल्ट तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने छन् । करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने छ ।

आरडब्लु च्याम्पियनशिप (रिङ रेस्लिङ) लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौरको हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् । आरडब्लु च्याम्पियनसिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटान, दिलसा, डेनीका, पल, थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् । अघिल्लो प्रतियोगिताका विजेता डेविड हुन् ।

प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी, दिनेश श्रेष्ठलगायत रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -