Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:१८ बिहान
- ADVERTISEMENT -

काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा फरक छ : सन्दीप

प्रकाशित मिति: २०७७ चैत १२, बिहीबार

540
Shares

१२ चैत, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक इङ्ल्याण्डको टी–२० क्रिकेट भाइटलिटी ब्लास्टका लागि छनोट भएका छन् ।

काउन्टी क्रिकेट क्लब वर्सेस्टरसाएर रापिड्सले २० वर्षीय सन्दीपलाई सन् २०२१ को सिजनका लागि अनुबन्ध गरेको हो । पहिलो पटक काउन्टी क्लबमा छनोट भएपछि सन्दीपले खुसी व्यक्त गर्दै काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा माथि रहेको बताएका छन् ।

भाइटलिटी ब्लास्टमा वर्चेस्टरसाएरको परिवारको भाग बन्न पाउँदा एकदमै खुसी छु । क्रिकेटभन्दा काउन्टी क्रिकेट फरक छ भन्ने सधैं सुन्दै आएको छु किनकी यसको संस्कृति, सजावट र अमेजिङ दर्शक छ,’ सन्दीपले ट्वीटरमा लेखेका छन् ।

उनले नेपालबाट अझै धेरै प्रतिभा खेलाडी काउन्टीमा खेल्ने दिनको पर्खाइमा रहेको लेखेका छन् ।

विश्वभर टी–२० फ्रेन्चाइज टुर्नामेन्ट खेल्दै अनुभव बटुलेका सन्दीपले खेल्न लागेको यो नयाँ प्रतियोगिता हो । सन्दीप यसै वर्ष हुने दी हन्ड्रेड क्रिकेटको लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् ।

सन्दीपलाई रिकी वेस्सेल्सले वर्सेस्चसाएरमा ल्याउन भूमिका खेलेको क्लबले जनाएको छ । पाकिस्तान सुपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए । सन्दीपसँगै अष्ट्रेलियन खेलाडी बेन ड्वार्सहुइस रापिड्सको विदेशी खेलाडीको रुपमा क्लबले जनाएको छ ।

रापिड्सका मुख्य प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको अनुबन्धबाट आफू खुसी भएको बताएका छन् । ‘सन्दीपले धेरै टुर्नामेन्ट खेलेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभव लिएका छन्,’ गिडमनले भने, ‘उनी लेगस्पिनर हुन् । हामीले टिममा सन्तुलनका लागि उनलाई अनुबन्ध गरेका हौं । उनको अनुबन्धबाट हामी खुसी छौं ।’

भाइटलिटी ब्लासको याे सिजन ९ जुनदेखि १८ सेप्टेम्बरसम्म आयोजना हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -