काठमाडौँ, बिहिबार, १२ चैत्र २०७७ । सार्वजनिक स्थानमा आवत–जावत गर्दा मास्क प्रयोग नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारबाही गर्ने भएको छ ।
कोभिड–१९ संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले बुधबार यस्तो निर्णय गरेको हो ।
प्रशासनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक स्थालमा मास्कको प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई संक्रमक रोग ऐन, २०२० बमोमिक कारबाही गरिने उल्लेख गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘छिमेकी मुलुक भारतमासमेत कोभिड–१९ संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने छ ।’
प्रशासनले जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिक–भौतिक दूरी कायम गर्न अनुरोध समेत गरेको छ ।








































