Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:३८ बिहान
- ADVERTISEMENT -

लकडाउनकाे एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्

प्रकाशित मिति: २०७७ चैत ११, बुधबार

376
Shares

काठमाडौंँ, बुधबार, ११ चैत्र २०७७ । कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।

लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर आएको अनुमान लगाउन थालिएको छ । दैनिक ५०÷५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा सङ्क्रमण बढ्न सक्ने देखाएको छ ।

केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा केही दिनअघिसम्म एक÷दुई जना मात्र कोरोना सङ्क्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना भइसकेको जानकारी दिनुभयो । सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका सङ्क्रमित मङ्गलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएको जानकारी दिँदै डा. राजभण्डारीले पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको बताउनुभयो । सार्वजनिक यातायातमा सडकमा हिँड्ने सबैले मास्क प्रयोग गर्न छोडेको जानकारी दिँदै उहाँले कोरोनालाई बेवास्ता गरे यसको दोस्रो वेभ पहिलेको भन्दा खतरा हुनसक्ने बताउनुभयो ।

सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने बताउँदै निर्देशक डा. राजभण्डारीले नागरिक आफैँ सचेत बन्नुपर्नेमा जोड दिनुभयो । सबैले आ–आफ्नो ठाउँबाट लाग्न सके कोरोनालाई परास्त गर्न सकिने उहाँले बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भारतमा कोरोना भाइरस बढ्नुले नेपाललाई थप जोखिम बढाएको बताउनुभयो । भारतमा सङ्क्रमण बढ्दै जाँदा कोरोना भाइरस नयाँ ढङ्गबाट फैलिरहेको हो कि भन्ने शङ्का उब्जाएको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिमलाई बेवास्ता गरेर धेरै जना फुक्काफाल हिँडिरहेको भन्दै यसले धेरै ठूलो प्रभाव पार्न सक्ने चेतावनी डा. बास्तोलाले दिनुभयो । पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना सङ्क्रमणको नयाँ अध्याय सुरु भएको बताउँदै उहाँले त्यस्तै असर नेपालमा पर्न सक्नेतर्फ सावधानी अपनाउन सुझाव दिनुभयो ।

डा. बास्तोलाले भारत, बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै नेपालमा यो बढ्दो क्रममा रहेको बताउनुभयो । मानिसले जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण सङ्ख्या बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न डा. बास्तोलाले आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -