काठमाडौं, मंगलबार, १० चैत्र २०७७ । विकृतिलाई रोक्न ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाएको बताइएको छ ।

पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको प्रहरीले जनाएको छ । यसअघि पठाओ नै बन्द भनिएपनि त्यस्तो नभएर विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘भोलीदेखि पठओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ ।’राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा ज्याकेट र ट्राउजर नलगाउने निर्णय भएको पठाओ नेपालले जनाएको छ ।

ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताउनुभयो । उहाँले भन्नुभयो,‘भोलीबाटै लागु हुनेगरी हामीले राइडर प्रोटेक्टिभ गेयर नलगाउन सूचना पठाएका छौं, यसले अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा पनि हुने अपेक्षा छ ।’ म्यानेजर हमालले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्