काठमाडौँ, मंगलबार, १० चैत्र २०७७ । थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको यू २३ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री दाबा लामाले गर्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज हुने उद्घाटन खेलमा भने बंगलादेश र किर्गिस्तान भिड्दैछन् । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपालको पहिलो खेल चैत १२ गते कीर्गिस्तानसँग रहेको छ । नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै एन्फाले दर्शकका लागि केहि मापदण्ड तोकेको छ । दर्शकले तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनु पर्ने, भौतिक तथा समाजिक दूरी कामय गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने एन्फाले विज्ञप्तीमार्फत जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्