काठमाडौं, सोमबार, ९ चैत्र २०७७ । ४० वर्षपछि कोलकत्ताको दमदम कारागारबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले मागे क्षतिपूर्ती उपलब्ध गराउन भारतको कोलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

सोमवार यसबारे फैसला गर्दै कोलकत्ता उच्च अदालतले दुर्गाप्रसादको परिवार विपन्न भएकाले उनको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।

भारतीय कानून व्यवसायीहरुका अनुसार उच्च अदालतले क्षतिपूर्ति दिन आदेश जारी गरे पनि कति दिने भन्ने उल्लेख नगरिएको बताएका छन् ।

अदालती प्रक्रियाबिना ४० वर्षदेखि भारतको पश्चिम बंगालका विभिन्न जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिवार रिहा भएका हुन्।

दुर्गाप्रसादको परिवारको आर्थिक अवस्था कमजोर भएको र उनको मानसिक अवस्था समेत ठिक नभएको थाहा पाएपछि उच्च अदालतले राज्य सरकारलाई क्षतिपूर्ती दिनका लागि आदेश दिएको हो ।

गत बुधवार कोलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । त्यससँगै शनिवार बिहान दमदम कारागार प्रशासनले दुर्गाप्रसादलाई कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।

दुर्गाप्रसाद आइतवार (हिजो) इलामस्थित आफ्नो घर पुगेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्