Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१४:३८ बिहान
- ADVERTISEMENT -

अन्नपूर्ण हिमालमा कीर्तिमान रच्दै छ जना नेपाली महिला

प्रकाशित मिति: २०७७ चैत ९, सोमबार

536
Shares

काठमाडौं, सोमबार, ९ चैत्र २०७७ । अन्नपूर्ण हिमाल (८०९१ मिटर) मा पहिलो नेपाली महिला आरोही बनेर कीर्तिमान रच्ने भन्दै छ जना महिला आधार शिविर तर्फ लागेका छन् ।

आरोहण इतिहासमा नाम राखेर कीर्तिमान रच्ने भन्दै छ जना महिला आरोही प्रतिश्पर्धा गर्दै आधार शिविरतर्फ बाटो लागेका छन् । हालसम्म नेपाली महिलाले यस हिमालको आरोहण गर्न सकेका छैनन् ।

हिमाल आरोहणका लागि माया शेर्पा, शर्मिला स्याङतेन,पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा आधार शिविरतर्फ हिडेका हुन् । उहाँहरू नेपालका व्यवसायिक महिला आरोही हुन् ।

सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहनु भएकी माया शेर्पा र अर्की आरोही सर्मिला स्याङतेनले भने अन्नपूर्ण हिमालको आरोहणसँगै आठ हजार भन्दा अग्ला १४ वटा हिमालको आरोहण सम्पन्न गर्ने लक्षका साथ आरोहणमा लागेको बताउनुभयो । हालसम्म विश्वबाटै दुई जना महिलाले मात्र १४ वटा हिमालको सफल आरोहण सम्पन्न गरेका छन् भने नेपाली महिलाले गर्न सकेको छैन । यि आरोही महिला आधार शिविर जाने क्रममा रहेको र अप्रिलको २० सम्ममा आरोहण सम्पन्न गर्ने तयारी रहेको गोरखापत्रलाई जानकारी दिएका छन् ।

माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । यता स्याङतेनले भने सगरमाथा, मनास्लु हिमालको आरोहण गरि सक्नु भएका हुन् । यता दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गर्ने लक्षमा छन् । अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले यसै सिजनमा एकै साथ अन्नपूर्ण हिमाल आरोहण गर्ने भएका छन् ।

यस अघि विदेशी महिलाहरुले अन्नपूर्ण हिमालको आरोहण गरे पनि नेपाली महिलाले भने यस वर्षमात्र आरोहण गरी कीर्तिमान रच्ने भएका छन् । यसै वर्ष हिउँद मौसममा १० जना नेपाली आरोहीले केटु हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल भएका थिए । विश्वको दशां अग्लो अन्नपूर्ण हिमाल आरोहणका दृष्टिले उच्चजोखिम भएका हिमाल मध्ये एक मानिन्छ । सो हालसम्म ६१ जना आरोहीको मृत्यु भएको सरकारी तथ्याङक रहेको छ । कोरोना कहरकै बीच पर्वतारोहणमा असर पु¥याए पनि यस वर्ष आरोहीको संख्या उच्च रहेको पाइएको छ ।
यता चीनले सगरमाथा आरोहण बन्द गरे पछि यस वर्ष करिव तीन सय जना विदेशी आरोहीहरुले आरोहण गर्ने एजेन्सीहरुले जनाएको छ ।

नेपाली महिलाले समेत शाहसिक गतिविधिमा कीर्तिमान राखेर विश्वमा नेपालको शीर उच्च बनाउदै आएको छ । विसं.२०५० सालमा पासाङ ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरे पछि नेपाली महिलाको आरोहणको इतिहास शुरु भएको पाइन्छ । त्यस पछि संखुवासभाकी लाक्पा शेर्पाले नौ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गराएको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -