Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५२:५२ बिहान
- ADVERTISEMENT -

सरकारले शिक्षक सेवा आयोगमा हस्तक्षेप गरेको भन्दै कांग्रेसको आपत्ति

प्रकाशित मिति: २०७७ चैत ९, सोमबार

425
Shares

काठमाडौं, सोमबार, ९ चैत्र २०७७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शिक्षक सेवा आयोगमा हस्तक्षेप गर्न लागेको भन्दै विरोध जनाएको छ ।

सोमबार कांग्रेसको शिक्षा विभागले विज्ञप्ति जारी गरी गएको कात्तिक २२ मै विधिसम्मत भएको सिफारिस सरकारले रोक्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

“शिक्षक सेवा आयोग (नवौँ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले मिति २०७७ कातिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यमा डा. डिल्लीराम रिमाल र नन्दाकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई परिवर्तन गर्न नेपाल सरकारका शिक्षामन्त्रीले पटक–पटक पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरुलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त सिफारिस रोक्नु निन्दनीय र खेदजनक कार्य हुनुका साथै अलोकतान्त्रिक कार्य हो ।

तसर्थ, शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियामावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःसर्त टुंगोमा पुर्‍याई राज्यको शिक्षाप्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।”विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -