Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:२२:४१ बेलुका
- ADVERTISEMENT -

४० बर्ष भारतमा जेल जीवन बिताएका इलामका दीपक जोशी (तिम्सिना) घर आइपुगेपछि………

प्रकाशित मिति: २०७७ चैत ९, सोमबार

631
Shares

इलाम, सोमबार, ९ चैत्र २०७७ । हराएको ४० वर्षपछि भारतको कोलकतामा जेल जीवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोसी (तिम्सीना) आइतबार दिउसो घर आइपुगेका छन् ।

आइतबार दिनको ३ बज्नै लाग्दा दिपक घरमा आइपुग्दा लामो समय पछिको भेटमा परिवारमा खुसिको सिमा नै थिएन । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवितै घरमा फर्कदा ८५ वर्षीया आमा धनमाया तिम्सिनाको खुसीले गहभरी आसु भरियो । छोरो आएकोमा खुसी हुदै धनमायाले भन्नुभयो, “सानै बाट घर ब्यबहार चलाउने छोरो यति लामो समयसम्म सम्पर्क नहुदाँ आस मरेको थियो तर अब छोरो फर्केको छ अब मलाई त्यो भन्दा ठुलो कुरा केही छैन ।”

२०३७ सालको माघमा पुरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाकोबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएका दिपक त्यतिबेला बाट नै घरको सम्पर्क बाट टाढा भएका हुन । आइतबार घर आइपुगेका दिपक यता लामो यात्राको थकानले गर्दा केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो । घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उहाँले दिनुभयो । तोरी बेच्न बजार गएका दीपक शर्मा तिम्सिना चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएनन् ।

भारत कोलकाताको दमदम जेलमा बाट छुटेका दीपक करिब ४० वर्षअघि नै जेल परेको अवस्थामा फेला परेका दिपक परिवारको वर्षाैंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा आइतबार घरमा आइपुग्दा गाँउभरीका मानिस भेला भएका थिए भने हर्सोउल्लासका साथ गाँउमा नै खुसी छाएको थियो । घरबाट हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको समयमा त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेको बताइन्छ । २०१७ सालमा जन्मिएका दीपकका बुबाको २०२४ सालमा निधन भएको हो । धनमायाँका चार छोरा तीन छोरी मध्ये दुई छोरा र एक छोरीको मृत्यू भैसकेको छ ।

जेलबसेका दिपक मानसिक रोगको चपेटामा छन यतिबेला । कोलकातास्थित नेपाली वाणिज्य दूतावास, दीपकको मुद्दाबारे जानकारी भएका भारतीय कानुन व्यवसायी, स्थानीय सञ्चार संस्था, पत्रकार र नागरिक अगुवाहरूको पहलमा दीपक छुटेर घर फर्केका हुन । ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहनुभएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक)लाई कोलकोताको उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि दिपकलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -