काठमाडौं, आइतबार, ८ चैत्र २०७७ । जी.पी. कोइराला अध्ययन केन्द्रले गिरिजा प्रसाद कोइरालाको ११औँ स्मृती दिवसको अवसरमा आज (शनिबार) माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । केन्द्रका महासचिव निरञ्जन थापाको सभापतित्वमा सहमति, सहकार्य र एकताको चर्चा गर्दै दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व सह-महामन्त्री अर्जुननरसिंङ केसी, विशिष्ट अतिथि प्रदीप पौडेल, जीवन परियार र नेपाली कांग्रेस काठमाडौँ पार्टी सभापति कृष्ण सबुज बानियाँलगायत पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।

तरुण दलका नेता भागवत रेग्मी, नेवीसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, रत्नहरि ढुङगेल, उमेश थापा, नवराज त्रिपाठी, जी.पी. कोइराला अध्ययन केन्द्र सर्लाहीका सभापति मनिष रायमाझी, खाँडादेवी गाउँपालिका तरुण दलका केन्द्रीय सदस्य सन्दिप कार्कीको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम समापन भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्