काठमाडौँ, शनिबार, ७ चैत्र २०७७ । १३औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्की दोस्रो संस्करणको वीर गणेशमान सिंह १०-के रोड रेस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
पुरुषतर्फ एपीएफ क्लबका गोपीचन्द्रले र महिलातर्फ धादिङकी सन्तोषीले उपाधि हात पारेकी हुन् । शनिबार भएको प्रतियोगितामा गोपीचन्द्रले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै, अनिस थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए भने ३१ मिनेट ५६.३८ सेकेण्डमा दौड पूरा गरेका तीर्थ पुन तेस्रो भए ।
यस्तै, महिलातर्फ सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३ः४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् । नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३० सेकेन्डका साथ दोस्रो र एपिएफकी फूलमती राना ४० मिनेट ५६ सेकेन्डका साथ तेस्रो भएकी भइन् ।
उपाधिसँगै गोपी र सन्तोषीले समान ६० हजार रुपैयाँ जिते । दुवैतर्फका दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे ।









































