काठमाडौँ, शनिबार, ७ चैत्र २०७७ । ललितपुर महानगरपालिकाको महानगर आपतकालीन कार्य संचालन केन्द्र (MEOC) लाई विपद्को बेला आवश्यक पर्ने खोज तथा उद्धारका उपकरण वितरण गरिएको छ।

ECHO/ UNDPECHO को आर्थिक तथा प्राविधिक सहयोगमा , फ्रेन्डस सर्भिस काउन्सिल नेपालको साझेदारीमा ललितपुर महानगरपालिकामा संचालन भइरहेको “बहू प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृदि ” परियोजना अन्तर्गत ललितपुर महानगरपालिकाको महानगर आपतकालीन कार्य संचालन केन्द्र (MEOC) लाई विपद्को बेला आवश्यक पर्ने खोज तथा उद्धारका उपकरणहरु ललितपुरको मेयर चिरीबाबु महर्जनको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।

फ्रेन्डस सर्भिस काउन्सिल नेपालको परियोजना संयोजक अभिषेक ओझाले आफ्नो अनुभवको आधारमा खोज तथा उद्धारमा आवश्यक पर्ने उपकरणहरुको विश्लेषणसहित जानकारी दिनु भएको थियो ।

विपद्को पूर्वतयारी र प्रतिकार्यलाई अझै मजबुत गर्न उक्त सामानहरु हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाको वरिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।








































