Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
८:०४:१७ बिहान
- ADVERTISEMENT -

एनएसएल अक्सन : २ लाखभन्दा बढी मूल्यमा अनुबन्धित हुने ८ खेलाडी

प्रकाशित मिति: २०७७ चैत ६, शुक्रबार

532
Shares

काठमाडौं, शुक्रबार, ६ चैत्र २०७७ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच अक्सनमा ८ खेलाडी २ लाख भन्दा बढी मूल्यमा अनुबन्धित भएका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको किनबेचमा ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका हुन् ।

सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।

सुजल श्रेष्ठ पोखरा थण्डर्समा अनुबन्ध भएका छन् । उनलाई थण्डर्सले चिट्ठामार्फत् पाएको हो । पोखराले गोलकिपर दीप कार्कीलाई पनि २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

ललितपुर सिटी फुटबल क्लबले मिडफिल्डर एरिक विष्टलाई २ लाखमा अनुबन्ध गरेको छ । काठमाडौं रेजर्सले मिडफिल्डर तेज तामाङलाई, चितवनले गोलकिपर विशाल सुनार, डिफेण्डर विकास खवासलाई, विराटनगरले मिडफिल्डर सुनिल बललाई समान २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै धनगढी एफसीले दिनेश राजवंशीलाई २ लाखमा अनुबन्ध गरेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -