Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:३७:३५ बेलुका
- ADVERTISEMENT -

विगतमा थन्काइएका ठूला भ्रष्टाचारका फाइल पल्टयाउँदै अख्तियार

प्रकाशित मिति: २०७७ चैत ६, शुक्रबार

436
Shares

काठमाण्डौ, शुक्रबार, ६ चैत्र २०७७ । भ्रष्टाचारका मुद्धाहरुमा ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने थेगो निकै चर्चित छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला घटनाका दोषिहरुलाई उन्मुक्ती दिने र स–साना भ्रष्टाचारका मुद्धाका दोषिहरुलाई कारवाही गर्ने प्रवृत्तिको कारण त्यो थेगो चर्चित बनेको हो । तर, बीर वहादुर राई प्रमुख आयुक्त बने लगत्तै देखि अख्तियारले आफ्नो कार्यशैलीमा पुरै परिवर्तन गरेको छ ।

‘हामीले पनि उस्तै होला, नयां के होला र भन्ने ठानेका थियौं । तर, यो एक महिनामै राईले जसरी काम गरेका छन्, त्यसले अख्तियारका अनुसन्धान अधिकृतहरुको मात्रै होइन, कर्मचारीहरुको कार्यशैली र मानसिकतामा निकै परिवर्तन आएको छ ।’ अख्तियारका एक अनुसन्धान अधिकृत भन्छन्–अब केही दिनमै तपाईहरुले त्यो परिवर्तन थाहा पाउनुहुनेछ ।

स्रोतका अनुसार राईले कुन मुद्धाका दोषिहरुलाई कसरी कारवाही गर्ने भन्ने स्पष्ट खाका तयार गरेका छन् । त्यसक्रममा स–साना घटनाका दोषीहरुलाई वयान गर्ने, कबुल गराउने र परिस्थिति हेरी कारवाही गर्ने तर ठूला घटनाका दोषिहरुलाई कुनै पनि हालतले पनि नछोड्ने नीति अख्तियारी गरिएको छ । त्यसमात्र होइन, अख्तियारको साधन,स्रोत हजार र लाख खाने भ्रष्टहरुलाई कारवाही गर्न केन्द्रित हुंदा ठूला भ्रष्टाचारीहरुले उन्मुक्ति पाउने गरेको ठहर गर्दै अख्तियारले अर्वभन्दा माथिका, ५० करोडभन्दा माथिका, २० करोड भन्दा माथिका ५ करोड भन्दा माथिका र ५ करोड भन्दा मुनिका गरि विभिन्न तह छुट्याएर अनुसन्धान केन्द्रित गरिएको छ । पहिले ठूला मुद्धाका दोषिहरुलाई कारवाही गर्ने र त्यो सकिएपछि क्रमशः साना मुद्धाहरुमाथि कारवाही गर्ने रणनीतिका साथ अहिले काम भैरहेको छ ।

विगतमा अनुसन्धान अधिकारीहरुले प्रमुख आयुक्तलाई भेट्न पनि मुस्किल पर्ने र अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि प्रमुख आयुक्तले आफ्नै घर्रामा थन्काउने र त्यसबारेमा कुनै जानकारी नदिने गरेकोमा राईले भने कुनै पनि मुद्धामा आफूले आवश्यक परेको बेला मात्रै सहजैकरण गर्ने बताउंदै सम्पूर्ण अधिकार अनुसन्धान अधिकारीहरुलाई नै दिएका छन् । ‘अनुसन्धान अधिकारीहरुलाई यति धेरै साथ सहयोग गर्ने र अफ्ठारो परे म छु, निर्धक्क भएर काम गर्नुस् भन्ने प्रमुख र आयुक्त अहिलेसम्म भेटिएको थिएन । राईले पदवहाल गरेको करिब १ महिनामै अनुसन्धान अधिकारीहरुको मनोवल अचम्मसंग बढाएका छन् । त्यसले अख्तियारको काम कारवाहीमा निकै फरक पार्नेछ’ एक अनुसन्धान अधिकारी भन्छन् ।

त्यसक्रममा विगतमा प्रमुख आयुक्त र कायममुकायम प्रमुख आयुक्त भएका लोकमान सिंह कार्की, दिप वस्नेत, नविन घिमिरे र गणेश राज जोशीको समयमा कारवाही नगर्ने भनी थन्क्याइएका ठूला मुद्धाहरुको फाइल खोलेर अनुसन्धान शुरु गरिएको छ । स्रोतका अनुसार अख्तियारले कारवाही गर्नु नपर्ने भनी विगतमा थन्काएका करिब २ दर्जन भ्रष्टाचारका ठूला घटनाहरुसंग सम्वन्धित फाइल खोलेर अनुसन्धान शुरु गरिएको छ । ती मध्ये केही मुद्धाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राईले अनुसन्धान अधिकृतहरुलाई आफूले कुनै पनि दवावसंग नझुकी काम गर्ने भएकोले ठूला भ्रष्टाचारमा तल्लो तहबाटै अनुसन्धान भैरहेको र छिट्टै टुंगोमा पुग्ने जानकारी एक अधिकारीले दिए । उनका अनुसार आउंंदो नयां वर्षको आसपासमै केही ठूला भ्रष्टाचारको मुद्धाको छानबिन टुंग्याएर दोषिहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -