एजेन्सी, बिहिबार, ५ चैत्र २०७७ । चीनले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्र सिडिसीले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिएको जनाएको छ ।

द चाइनिज एकेडेमी अफ साइन्सेजको ईन्स्टिच्युट अफ माइक्रोबायोलोजीले गत साता विज्ञप्ती प्रकाशित गर्दै चौथो खोपले आपतकालिन अनुमति पाएको जनाएको हो । यो खोपलाई प्रयोगका लागि अनुमति दिन सिडिसीका प्रमुख गाओ फुको टोलीले निर्णय गरेको हो ।

यो खोपलाई अनहुई झिफेई लङ्गकम बायोफर्मास्युटिकल्स कम्पनी लिमिटेड र चाइनिज एकेडेमी अफ साइन्सेजको संयुक्त पहलमा विकास गरिएको हो ।

यो खोपलाई चीनका नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।

चीनमा विकास गरीएको चौथो खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत बर्षको अक्टोबरमा सम्पन्न भैसकेको छ ।

यो खोपको हाल तेस्रो चरणको परीक्षण उज्बेकिस्तान, पाकिस्तान र इण्डोनेशियामा चलिरहेको छ । उज्बेकिस्तानले मार्च १ मा यो खोपको प्रयोग गर्ने अनुमति दिइसकेको छ ।

चीनमा विकास गरिएका ४ खोप तीन संस्थाले विकास गरेका हुन् । यस कार्यमा अन्हुई झिफेई लङकम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको इण्डिया टुडेले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्