काठमाडौँ, बिहिबार, ५ चैत्र २०७७ । प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भए ।

पहिलो खेलमा आरजे ग्रुपले आर आर कलेजलाई पराजित गर्दा ढोरपाटन क्लबले कागेश्वरी गाउँपालिकालाई पराजित गर्याे ।

यस्तै, राईजिङ युथ क्लबले त्रिभुवन डोमेस्टिक एरपोर्टलाई हराउँदा पर्वत बडिगाड गाउँपालिकाले आयोजक निलोलाई पराजित गरेको थियो ।

प्रतियोगिताको दोस्रो दिन १० खेल हुने बताइएको छ । उक्त प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आयोजन टोलीले देखाएको मेहनतको कदर गर्दै प्रतियोगिताको सफलताको लागि शुभकामना प्रदान गरे ।

‘युवा साथीहरुले क्लब खोलेको ४ महिनामै प्रतियोगिता आयोजना गरेर राम्रो संकेत देखाउनु भएको छ । म प्रतियोगिता सफलताको लागि शुभकामना ब्यक्त गर्दछु ।’ पूर्व मन्त्री समेत रहेका थापाले भने ।

फाइनल खेल अघि मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । हाँस्यकलाकार तथा फिल्मकर्मी केदार घिमिरे (माग्नेबुढा) ले आफ्नो प्रस्तुती देखाउनेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्