सिन्धुली, मंगलबार, ३ चैत्र २०७७ । सिन्धुलीको कमलामाई नगरपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सिन्धुलीमाडी बजारबाट बाँसकटेरीतर्फ गईरहेको बा. १७ च. १११७ नम्बरको डबल क्यापको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाका अनुसार मृत्यु हुने ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनको छोरा २ वर्षीय मनिष श्रेष्ठ छन् ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । घटना भएलगत्तै प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा घाइतेको उद्दार गरेका छन् । घाइते हुनेमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ , २८ वर्षीय बिनिता र एक दुई वर्षीय बालक रहेका छन् ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्