सिन्ह्वा, मंगलबार, ३ चैत्र २०७७ । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २ सय ३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।

यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुकाअनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६ सय ९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख संक्रमणमध्ये ५ हजार ४ सय ८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १ सय ३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्