Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:०० बिहान
- ADVERTISEMENT -

मेयर्स कपको विजेता बन्यो नेपाल पुलिस

प्रकाशित मिति: २०७७ चैत १, आइतबार

486
Shares

काठमाडौं, आइतबार, १ चैत्र २०७७ । नेपाल पुलिस क्लब काठमाडौंमा सम्पन्न मेयर्स कप क्रिकेटको विजेता बनेको छ । फाइनलमा एपीएफलाई आठ विकेटले हराउँदै नेपाल पुलिस मेयर्स कपको च्याम्पियन बनेको हो । विजेता नेपाल पुलिसले पाँच लाख रुपियाँसहित ट्रफी पाएको छ । उपविजेता एपीएफले भने तीन लाख रुपियाँबाट पुरस्कृत भएको छ। एपीएफ पछिल्लो एक महिनामा लगातार दोस्रो पटक महत्वपूर्ण उपाधि जित्नबाट वञ्चित भयो । प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीबाट पराजित हुन पुगेको थियो ।

एपीएफले प्रस्तुत गरेको १०६ रनको लक्ष्य नेपाल पुलिसले मात्र २४ ओभर एक बल खेलेर दुई विकेटको क्षतिमा ११० रन बनाएर पूरा गर्यो । प्रदीप सिंह ऐरीले अविनाश बोहराको ओभरको पहिलो बललाई छक्काको दिशा देखाउँदै पुलिसको सहज जित सुनिश्चित गर्नुभयो । नेपाल पुलिसको जितमा ओनपर सुनिल धमलाले अविजित रहँदै ५९ रनको योगदान दिनुभयो । उहाँले ८२ बलको सामना गरेर संयमित पारी खेल्दै सात चौका र दुई छक्का लगाउनुभयो । कुशल भुर्तेल र अनिल साहले सामान १५/१५ रनको योगदान दिनुभयो । दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएर अविजित रहनुभयो ।

एपीएफका लागि भुवन कार्की र अविनाश बोहराले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले २९ ओभर चार बलमा १०५ रनको सामान्य योगफलमा समेटिन पुग्दा पुलिसले १०६ रनको लक्ष्य पायो । एपीएफका प्रारम्भिक तीन ब्याट्सम्यान १० रनमै पेभेलियन फर्किए । नेपाल पुलिसका तीब्र गतिका बलर गुलशन झाले सुरुवाती ब्याटिङ क्रमलाई ध्वस्त बनाएपछि एपीएफ ब्याटिङमा फर्किन सकेनन ।

तीब्र गतिका बलर झाले शंकर राना, कप्तान शरद् भेषवाकर र भुवन कार्कीलाई पेभेलियन फर्काउनुभयो । अर्का ओपनर आसिफ शेष सागर ढकालको शिकार हुनुभयो । आसिफ र शरद् डक आउट हुनुभयो । मध्यक्रममा वसन्त रेग्मीले एपीएफको पारी उकास्ने प्रयत्न गरेपनि २२ रनको ब्यक्तिगत् योगफलमा सागर ढकालको एलबीडब्ल्युको धरापमा परेर उहाँ पेभेलियन फर्किनुभयो ।

सन्दीप जोरा १८ रन बनाएर ललित राजवंशीबाट एलबीडब्ल्यु आउट हुनुभयो । अमरसिंह रौटेलाले १८ रनको योगदान दिनुभयो । सुमित महर्जनलाई चार रनको ब्यक्तिगत् योगफलमा पवन सर्राफले राजवंशीको हातमा क्याच थमाएर विकेट लिनुभयो ।
तीब्र गतिका बलर गुलशन झाले सात ओभरमा ३६ रन खर्चेर चार विकेट लिनुभयो । सागर ढकालले सात ओभर ४ बलमा २८ रन खर्चेर चार विकेट लिनुभयो । पवन सर्राफ र ललित राजवंशीले एक एक विकेट बाँड्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -