काठमाडौं, शनिबार, २९ फागुन २०७७ । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज काठमाडौंमा बृहत् राष्ट्रिय भेला गर्दै छ ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले ब्युँताएपछिको नयाँ परिस्थितिमा सो पार्टी निकट अनेमसंघले राष्ट्रिय भेला गर्न लागेको हो ।
संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँु भन्ने मूल नारा साथ बृहत् राष्ट्रिय महिला भेला गर्न लागिएको अनेमसंघ नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो भृकुटी मण्डपमा भेला हुनेछ ।
सो भेलालाई प्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको शाक्यले बताउनुभयो ।








































