Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:१४ बिहान
- ADVERTISEMENT -

सिमित प्रतियोगिताका माध्यमबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव

प्रकाशित मिति: २०७७ फागुन २७, बिहीबार

566
Shares

काठमाडौँ, बिहिबार, २७ फागुन २०७७ । काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ ।

कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो । काठमाडौँ बैठकमा कामपामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई सुझावसहित स्वीकृत गरेको हो । स्वीकृत विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकास हुँदाका सर्त तथा सुविधालगायतका व्यवस्था छन् ।

विधेयकमा समूह, सेवा परिवर्तन, पदीय आचरण, कर्मचारीले प्राप्त गर्ने सुविधा, सुरक्षा, पुरस्कार, दण्ड सजायसम्बन्धी व्यवस्था, पीरमर्का सुनुवाइ, पुनरावेदनलगायत व्यवस्था गरिएको छ । उक्त विधेयक यही फागुन २४ गते बसेको अधिवेशनको दोस्रो बैठकमा पेश गरिएको थियो । स्वीकृत ऐनबमोजिम महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी तीन समूह हुनेछन् ।

यसैगरी सभामा दुई हजार २७२ जनशक्ति रहने दरबन्दी प्रस्ताव गरिएको थियो । यसअघि दुई हजार २५८ को दरबन्दी थियो । वडामा अधिकतम १५ र न्यूनतम नौ कर्मचारीको दरबन्दी प्रस्ताव थियो । यो ठूलो, मझौला र सानो वडाका आधारमा तय गरिएको हो ।

यही फागुन ४ गते शुरु भएको अधिवेशनको पहिलो बैठकले ‘समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ स्वीकृत गरेको थियो । यो ऐनका आधारमा महानगरका एक हजार ५५० कर्मचारीले एक तह माथिल्लो पदमा समायोजन पत्र पाएका छन् । बैठकमा प्रस्तावित विषयमा उठेका प्रश्नको उपप्रमुख हरिप्रभा खड्गी र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जवाफ दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -