Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:०० बिहान
- ADVERTISEMENT -

डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालान्डको कीर्तिमान

प्रकाशित मिति: २०७७ फागुन २६, बुधबार

446
Shares

काठमाडौँ, बुधबार, २६ फागुन २०७७ । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा सेभियासँग २-२को बराबरीमा रोकिँदा समग्रमा ५४को जित निकाल्दै डर्टमण्डले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

खेलको ३५ औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । योसँगै हालान्डले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

२० वर्षीय हालान्डले च्याम्पियन्स लिगको १४ खेलमा २० गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान इंग्लिस क्लब टोटनहमका ह्यारी केनले २४ खेलमा २० गोल गर्दै राखेका थिए ।

खेलको ६९औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई खेलमा फर्काउने कोसिस गरे । खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२को बराबरीमा फर्काएपनि प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुग्यो । पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -