काठमाडौं, मंगलबार, २५ फागुन २०७७ । सञ्चार तथा प्रसारण विभागमा अनलाइन नवीकरणका लागि सरकारले समय थप गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै जेठ मसान्तसम्म नवीकरण गर्ने व्यवस्था मिलाएको छ ।
सो मन्त्रालयका सचिव हरिप्रसाद बस्यालका अनुसार, २०७७ पुस मसान्तभित्र नवीकरण नभएका अनलाइन सञ्चार माध्यमले २०७८ जेठ मसान्तसम्म नवीकरण गराउने व्यवस्था मिलाइएको छ ।
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ अनुसार, हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र अनलाइन नवीकरण गर्नुपर्ने व्यवस्था छ ।








































