काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । बि स २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै संचालन गर्ने निर्णय भएको उनको भनाई छ ।
एसईईको तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरि विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने यसअघि नै बताइएको छ ।








































