काठमाडौं, बुधबार, १९ फागुन २०७७ । पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।








































