Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:१६ बिहान
- ADVERTISEMENT -

सुस्तायो सेयर कारोबार : व्यापार र होटल समूहले कमाए, अरुले गुमाए

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

606
Shares

१९ फागुन, काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । व्यापार समूहमा भने उल्लास छाएको छ ।

यो समूह ९ प्रतिशतसम्दा धेरैले बढेको छ । होटल तथा पर्यटन समूह १ प्रतिशत भन्दा वृद्धि भएको छ । बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंक भन्दा धेरैले घटेको छ । नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ मा आइपुगेको छ । मंगलबारको तुलनामा कारोबार रकममा थोरै वृद्धि देखिएको छ ।

सोमबारको तुलनामा मंगलबार ५० करोड भन्दा धेरैले कारोबार रकम घटेको थियो । मंगलबार ६ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार ६ अर्ब २५ करोड रुपैयाँ भन्दा धेरैको भएको छ । यद्यपि, केहि दिन अघिसम्मको तुलनामा कारोबार रकम सुस्ताएको हो ।

दैनिक ९ देखि १० अर्ब सम्म कारोबार हुने गरेकोमा पछिल्लो केहि दिन यता भने ६ अर्ब हाराहारीमा कारोबार रकम रोकिने गरेको छ । बजारमा यति ठूलो अंकको गिरावट आउँदा पनि चन्द्रागिरी र नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार राधी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स तथा सानिमा बैंक लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले भने कमाएका छन् । बुधबारमात्रै लाभांश घोषणा गरेको एनटीसीको सेयर मूल्य भने ५ प्रतिशत भन्दा धेरैले घटेको छ । एनटीसीले प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश दिने घोषणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -